काठमाडौं। पाेखरामा आइतबार शरीरमा आगो लगाएका युवकलाई बचाउन गएकी महिलाको मत्यु भएकाे छ। पाेखरा महानगरपालिका १३ काहुँखाेलास्थित घरमा आगो लगाई आत्महत्याकाे प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाइते संगिता सापकाेटाकाे मृत्यु भएकाे हाे ।
उनकाे उपचारकाे क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ११ बजे मृत्यु भएकाे प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
डा. खत्रीका अनुसार आत्महत्या प्रयास गर्ने क्षेत्रीकाे अवस्था सुधाराेन्मुख रहेकाे छ। सम्बन्धित समाचार पोखरामा अर्को आत्मदाहको प्रयास, घाइते अस्पतालमा
प्रकाशित: १६ माघ २०७९, सोमबार १३:०७