सेभेन थ्री स्पोर्ट्सले क्यानसँग एकतर्फी रद्द गर्यो टी-२० लिगको सम्झौता



काठमाडौं। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिगको सम्झौता रद्द गरेको छ।

नेपाल टी-२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्ध गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो।

सेभेन थ्रीका मालिक जतिन अहलुवालियाले क्यानलाई मंगलबार पत्र पठाएको पुष्टी गरे। उनले राष्ट्रिय खेलकुद परिषदलाई पनि पत्र पठाएको र आफ्नो कानूनी टिमले यसबारे थप काम गर्ने बताए।

पुसमा ९-२७ आयोजना भएको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ।

नेपाल टी-२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल हुँदै छ।

क्यानले सेभेन थ्रीसँग अघिल्लो वर्षको फागुनमा ८ वर्षका लागि सम्झौता गरेको थियो।

Tags :

प्रकाशित: १७ माघ २०७९, मंगलवार १७:२१