सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय



काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ।

नेपाल क्रिक्रेट संघ (क्यान) को पोखरामा भएको केन्द्रीय कार्यसमितिको बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

बलात्कारको आरोप लागेसँगै उनीमाथि क्यानले प्रतिबन्ध लगाएको थियो भने कप्तान पद पनि गुमेको थियो।

क्यानका बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले उनीमाथिको प्रतिबन्ध हटाइएको छोटो प्रतिक्रिया दिएपनि बाँकी कुरा आज मात्र सार्वजनिक गर्ने बताए।

 

Tags :

प्रकाशित: १८ माघ २०७९, बुधबार ०७:५८