काठमाडौं। प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेका कारण आजका निर्धारित बैठक स्थगित गरिएको पार्टीले जनाएको छ। पार्टीको पदाधिकारी बैठक पनि आजलाई स्थगित गरिएको छ। दुवै बैठक भोलि बस्नेछ।
स्थायी कमिटीको बैठकले पार्टी संगठनको सम्बन्धमा ठोस निर्णय गर्ने बताइएको छ।
प्रकाशित: १८ माघ २०७९, बुधबार ११:३२