सिंहदरबार पूर्वी गेटमा ढल फुटेर सवारी आवागमन प्रभावित



काठमाडौं। सिंहदरबार पूर्वी गेटमा ढल फुटेको छ।

ढल फुटेर सडकमा फोहोर थुपारिँदा यस रुटमा चल्ने यातायात समेत प्रभावित भएको छ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरूले सास्ती व्यहोरेका छन्।

मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदासमेत सरकार बेखबर बनेको स्थानीयले गुनासो गरेका छन्।

पूर्वी गेट वरपरका वासिन्दा ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्।

Tags :

प्रकाशित: १८ माघ २०७९, बुधबार १२:४१