काठमाडौं। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्।
युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्ता काठमाडौं आउन लागेकी छन्।
राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमण सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्।
नेपालमा रहँदा पावरले राजनीतिक भेटघाटसँगै नागरिक समाजका अगुवा, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछिन।
उनका छलफल नेपालले प्रजातान्त्रिक, समावेशी र समृद्ध र सुदृढ मुलुक बन्न गरिरहेका प्रयत्नमा केन्द्रीत रहने युएसएडले उल्लेख गरेको छ।
प्रकाशित: १८ माघ २०७९, बुधबार १३:०७