काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ।
पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।
यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन्।
ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ।
प्रकाशित: १८ माघ २०७९, बुधबार १३:३३