साना किसानहरूको समस्या समाधान गर्न गगन थापाको माग



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सयौंका संख्यामा साना किसानहरू कृषिमन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन् कराउँछन् । यी तीनै किसानहरू हुन् जसले बैंकबाट ऋण लिएर साना साना कुखुरा फर्महरू चलाएका छन् । बर्डफ्यू नियन्त्रण गर्नका लागि यी किसानहरूको कुखुरा फर्म नष्ट गरियो।’

सरकारले बर्डफ्ल्यू नियन्त्रण गर्नका लागि नष्ट गरेको कुखुरा फर्मको क्षतिपूर्ति दिन पनि थापाको माग थियो।

‘सरकार दिन्न भन्दैन, दिन्छु भन्छ दिँदैन । सरकार झुलाउँछ किनकी सरकरलाई भ्याईनभ्याई छ । तर, बैंकले अँठ्याउँछ’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै छानबिन गर्न समिति गठन गर्ने हो कि ? सरकारले दिन्छु भनेको रकम यो प्रपञ्चबाट बाहिर आएर दियौं।’

Tags :

प्रकाशित: १८ माघ २०७९, बुधबार १४:५७