बागलुङमा एक पुरुषले गरे शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास



पोखरा। बागलुङमा एक पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्।

बागलुङ नगरपालिक-८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए।

‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै छ, शरिरमा आगो लगाउनुको अहिलेसम्म कारण खुल्न सकेको छैन्, थापाले भने । जिसीको धौलागिरी अस्पतालमा उपचारपछि पोखरा ल्याइँदै छ।’

जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए। आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो एक हप्ताको अवधिमा आत्मदाहको प्रयास गरिएको यो तेस्रो प्रयास हो। काठमाडौमा एक जनाको मृत्यु भइसकेको छ भने पोखरामा घााइत

Tags :

प्रकाशित: १८ माघ २०७९, बुधबार १८:१७