टुकुचा उत्खनन् कानुन विपरीत रहेको अदालतको ठहर



काठमाडौं। उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ ।

बुधबार न्यायाधीशहरु महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भएको फैसला गरेको हो।

काठमाडौंको हात्तिसार क्षेत्रका २२ जनाले महानगरले आफूहरुको जग्गामा डोजर चलाउन लागेको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

 

Tags :

प्रकाशित: १९ माघ २०७९, बिहीबार ०९:०७