काठमाडौं। दोलखाको कालीञ्चोक गाउँपालिका-९ कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।
आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेँढाई, दुर्गा दहाल, चित्रप्रसाद सेँढाई, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपीलाल थामी, कमला खाती, रामबहादुर थामीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।
गएराति ११ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्।
रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको आशङ्का गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन। प्रहरी, स्थानीय बासिन्दा र दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।
आगलागीबाट करोडौँको क्षति भएको छ भने पशुचौपाया पनि मरेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: १९ माघ २०७९, बिहीबार १०:०७