मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्।

आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन्।

आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला मेरो मौनता आजसम्मका लागि मात्रै हो।’                                        नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्री पद खारेज भएको थियो। उनी पुन: गृहमन्त्री पद पाउनु पर्ने अडान लिइरहेका छन्।         

Tags :

प्रकाशित: १९ माघ २०७९, बिहीबार १३:४७