सेन्ट जेभियर्स कलेज सेट काउन्सिले शनिबार साइकल र्‍याली गर्ने



काठमाडौ । सेन्ट जेभियर्स कलेज सेट काउन्सिले यहि माघ २१ गते शनिबार साइकल र्‍यालीको आयोजना गर्दैछ । उक्त नवौं साइकल र्‍याली “सृष्टिको लागि सवारी, नवप्रवर्तनको लागि सवारीू भन्ने नाराका साथ हुने भएको आयोजकले जनाएका छन् । र्र्याली माइती घरबाट शुरू भइ ललितपुरको लुभु हुँदै काठमाडौका विभिन्न ठाँउ पुगेर पुनस् माइतीघरमा रहेको कलेजमा आएर सम्पन्न हुनेछ । यस वर्ष सेट काउन्सिलले महावीर पुनले २०१२ मा स्थापना गरेको एनजीओ नेशनल इनोभेसन सेन्टर ९एनआईसी० सँग सहकार्य गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य नेपालमा भएको प्राविधिक विकासमा सक्रिय रूपमा संलग्न युवाहरूलाई उनीहरूप्रति आकर्षण बढाएर सहयोग गर्नु रहेको छ। र्‍यालीले साइकल चलाउने संस्कृतिको प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न र कोभिड–१९ को प्रभावपछि जनतामा सामान्यताको अनुभूति ल्याउन पनि मद्दत गर्छ । यस वर्ष र्‍यालीका लागि अपेक्षित सहभागीहरू ५०० सम्म छन्।

प्रकाशित: १९ माघ २०७९, बिहीबार १४:२८