रविलाई न्यायको माग गर्दै अस्पतालका ड्राइभरले गरे आत्मदाहको प्रयास



काठमाडौं। रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन्।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ।

प्रहरी निरीक्षक यामबहादुर बुढामगरले समयमै जानकारी पाउँदा कुनै अप्रिए घट्ना हुन नपाएको बताए।

Tags :

प्रकाशित: १९ माघ २०७९, बिहीबार १६:१२