अरुण चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम



काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले आज बाँकेमा पक्राउ गरेको थियो।

बाँकेमा पक्राउ परेका चौधरीलाई हवाइजहाजबाट काठमाडौं ल्याएर आजै धनगढी लगिने प्रहरीले जनाएको छ।     

Tags :

प्रकाशित: १९ माघ २०७९, बिहीबार २०:२४