काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै दायर रिटको सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।
लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ। लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यबिधि संहिता-२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ। यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो।
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए। उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले शर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए।
उच्च अदालतले जिल्ला अदालत काठमाडौंले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो।
प्रकाशित: २० माघ २०७९, शुक्रबार ११:१४