काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।
आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए।
त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रकाशित: २० माघ २०७९, शुक्रबार १३:११