काठमाडौं। राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ।मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म छ।
सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन्।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुंग्याइने बताए।
तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ।
प्रकाशित: २२ माघ २०७९, आईतवार ०९:३७