काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को सत्तायात्रा अल्पायूमै टुंगिएको छ।
पार्टी सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अडान लिएपछि सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ।
बैठकमा सरकारमा बसिरहनेकी बाहिरिनेबारे छलफल भएको थियो।
नागरिकताको विषयमा सर्वोच्च अदालतले रवि लामिछानेको विपक्षमा फैसला गरेपछि उनको सांसद, मन्त्री तथा पार्टी सभापति पद एकैपटक गएको थियो।
बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछाने सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने बताए।
रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने उनले जानकारी दिए।
प्रकाशित: २२ माघ २०७९, आईतवार १६:००