हिजो अध्यक्षले, आज राजीनामा दिएका मन्त्रीले पत्रकार सम्मेलन गर्ने



काठमाडौं। राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन्।

सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन्।

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए।

रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन्। रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए।

Tags :

प्रकाशित: २३ माघ २०७९, सोमबार ०७:४८