राजीनामा दिएका तीन निवर्तमान मन्त्रीको पत्रकार सम्मेलन स्थगित



काठमाडौं। हिजो पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन निवर्तमान मन्त्रीहरूले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरिएको छ।

कुनै कारण नबताइकन पत्रकार सम्मेलन स्थगनको जानकारी दिइएको हो।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले हिजो सरकारबाट हट्ने निर्णय लिएको थियो । त्यसलगत्तै श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।

राजीनामा दिएका मन्त्रीहरुले आज ३ बजे वसुन्धरास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने भनिएको थियो।

Tags :

प्रकाशित: २३ माघ २०७९, सोमबार ११:२९