राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित



काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालय निर्वाचित भएकी छन्।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रश्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभा सदस्य अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

उनले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रश्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

Tags :

प्रकाशित: २३ माघ २०७९, सोमबार १२:४३