मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त



काठमाडौं। भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्।

केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।

नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् । उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ।

यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए। देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए।

देसाईसँग क्यानले २ वर्षको सम्झौता गरेको बुझिएको छ। यसअघि धेरै दिन उनको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको थियो। आज परिषदबाट सहमति आएको क्यानका सचिव दुर्गा पाठकले जानकारी दिए।

नेपालले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ। अन्तिम टोली चयन हुन बाँकी छ।

Tags :

प्रकाशित: २३ माघ २०७९, सोमबार १३:४१