पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं। सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर ३ रुपैयाले बढाई पेट्रोलमा १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर १७५ कायम गरिएको छ।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।   

Tags :

प्रकाशित: २४ माघ २०७९, मंगलवार ०६:१३