काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ।
मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार १६:३५