रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे लेखराज



काठमाडौं। नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन्।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको नागरिक उन्मुक्तिलाई फकाउन भट्ट बिहीबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका हुन् ।

नागरिक उन्मुक्तिका एक नेताका अनुसार भट्टले कारागार पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । तर चौधरीले भने माग पुरा नभएसम्म समर्थन गर्न नसकिने जवाफ फर्काएको उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले कुनै पनि हालतमा आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन्।

सुदूरपश्चिमका सात सात सांसदको फोटो राख्दै उनले लेखेकी छन्, ‘ छन् ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन्।’

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने अवस्थामा छ । मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदैछन्।

Tags :

प्रकाशित: २६ माघ २०७९, बिहीबार १३:२२