एमाले नेताहरू सांसद फकाउँदै, प्रदेश सभा बैठक ४ बजेलाई सारियो



काठमाडौं । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनको लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सारिएको छ।

दिउँसो १ बजे बोलाइएको बैठक ३ घण्टाका लागि सारिएको हो । विशेष कारणवश अपरान्ह ४ बजे बस्ने गरी बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकार गठनको बेलामा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेपछि बैठक हिजोदेखि पटक-पटक सारिएको हो। हिजैको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो।

मुख्यमन्त्री रावलले आज विश्वासको मत नलिए सुदुरपश्चिम सरकार ढल्छ । सरकारलाई विश्वासको मत नदिने अडामा रहेका नागरिक उन्मुक्तिका ७ सांसद अहिले पनि काठमाडौंमै छन्।

नागरिक उन्मुक्तिलाई फकाउन एमाले नेताहरु सक्रिए बनेका छन्।         

Tags :

प्रकाशित: २६ माघ २०७९, बिहीबार १३:३८