उच्चस्तरीय समयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड-ओली छलफलमा



काठमाडौं। सत्ता गठबन्धनको उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ।

बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचबीच सिंहदरबारमा छलफल भइरहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ।

सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन्।

नाउपाका संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ। नाउपामा सांसद यतिबेला काठमाडौंमा छन्।

प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच पनि आजै भेटवार्ता भएको छ।

Tags :

प्रकाशित: २६ माघ २०७९, बिहीबार १६:३०