धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल विश्वासको मत पाउन असफल भएका छन्।
प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्रापत गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ।
हुन्छ भन्ने मान्य सदस्यहरुको संख्या भन्दा हुन्न भन्ने मान्य सदस्यहरुको संख्या अधिक देखिएकाले मान्य मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पेश गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु’, बैठकमा सभामुखले भण्डारीले भने।
यससँगै प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
यसअघि उनलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँग रावलले विश्वासको मतका लागि संख्या पुर्याउन नसकेका हुन्।
प्रकाशित: २६ माघ २०७९, बिहीबार १८:१६