धनगढी। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैनन्।
एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बिहीबार नियुक्त भएका थिए।
प्रदेश प्रमुख देवराज जोशीले शाह उनलाई बिहीबार संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसमा प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउने व्यवस्था छ।
मुख्यमन्त्री राजेन्द्र रावलले हिजो विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गरेका थिए। तर प्रस्ताव असफल भएपछि पदमुक्त भए। नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेसम्म मुख्यमन्त्री शाहलाई पनि विश्वासको मत लिन सहज हुनेछैन। उनी टिकिरहन नयाँ गठबन्धन बन्नुपर्नेछ।
प्रकाशित: २७ माघ २०७९, शुक्रबार ०८:४२