घरदैलोमै सरकार छ भन्ने नागरिकले अनुभूति गर्ने गरी काम होस् : राष्ट्रपति



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनु’ जोड दिएकी छिन्।

शुक्रवार संघीय संसद्का संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नागरिकमा राज्यको उपस्थिति छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने जोड दिइन्।

उनले भनिन्, ‘‘नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्छ। नागरिकमा राज्यको उपस्थिति छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्छ।’’

राष्ट्रपति भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताइन्। निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताइन्।

कार्यकालको अन्त्यतिर भण्डारीले संसदमा सम्बोधन गरेकी हुन। शुक्रबार दिउँसो संघीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले झन्डै पौने घण्टा सम्बोधन गरिन्।

सम्बोधनको क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय हितलाइ केन्द्रविन्दुमा राखेर छिमेकी लगायत सबै मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुदृढ गर्दै लैजाने नीतिलाई निरन्तरता दिनुपर्ने लिइनुपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बद्ध सुदृढ गर्दै लैजान नै नेपालको परराष्ट्र नीतिको मूल मर्म भएको बताएकी हुन्।

‘‘नेपालले सदैव स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सुरक्षालाई एवं राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकीलगायत सबै मित्रराष्टसँगको सम्बद्ध सुदृढ गर्दै लैजाने हामीले नीतिलाई निरन्तरता दिइनुपर्दछ’’, भण्डारीले भनिन्, ‘‘यही नै हाम्रो परराष्ट्र नीतिको मूल मर्म हो भन्ने मेरो बुझाइ छ।’’

Tags :

प्रकाशित: २७ माघ २०७९, शुक्रबार १६:५२