राष्ट्रपतिको सवारीले उपत्यकाको यातायात अस्तव्यस्त, यात्रुलाई हैरानी



काठमाडौं। संघीय संसद्लाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुग्दा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ।

राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको हो।

काठमाडौंसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ । उता घर फर्कने सुरसारमा रहेका सर्वसाधारणहरूलाई गाडी पाउनसमेत सकस बनेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्‍ट्रपति भण्डारीले सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेकी हुन्।

Tags :

प्रकाशित: २७ माघ २०७९, शुक्रबार १७:०४