काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री बनेका छन्।
कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने नेकपा एकीकृत समाजवादीले नरेशबहादुर शाही आर्थिक मामिला मन्त्री बनाइएको छ।
मन्त्री नियुक्त भएका देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।
मुख्यमन्त्री शाहले पनि आजै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
प्रकाशित: २७ माघ २०७९, शुक्रबार १७:१५