काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट शनिबार सबै सांसदलाई शीतल निवासमा बोलाएकी छन्।
दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति सांसदहरूलाई डाकेकी हुन्।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन्।
भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ।
प्रकाशित: २८ माघ २०७९, शनिबार ०९:१३