उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी, आधा दलको छैन सहभागिता



काठमाडौं। सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

सरकारमा भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा सत्तारुढ गठबन्धनमा रहेका जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेका छन्। यसअघिको बैठकमा पनि यी दलहरू अनुपस्थित रहेका थिए।

Tags :

प्रकाशित: २९ माघ २०७९, आईतवार ०९:४२