देऊडा गीत “गैरीखेतको सेरो” बजारमा



गायक महेन्द्र बिष्ट र नव गायिका बाबिता धामीको स्वरमा “गैरीखेतको सेरो” नामक देउडा गीत र म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा बम सिंह साउदको संगीत संयोजन रहेको छ भने गीतको सब्द गायक स्वयंम् महेन्द्र बिष्टको रहेको छ ।

बम सिंह साउद नाम गरेको यूट्यूब च्यानल मार्फत् सार्वजनिक भएको गीतमा सन्तोष सुनारको निर्देशन रहेको छ ।“गीतले सुदूर र मध्यपश्चिमको प्रेम भाव बोकेको छ, लोकसंस्कृतिको मर्म पनि यस गीतले बोकेको छ,” संगीत संयोजक बम सिंहले बताए ।यस गीतले सुदूरको मात्र नभइ समस्त देशको लोकसंस्कृतिको प्रतिनिधित्व गरेको उनको तर्क छ ।“लबज पश्चिमेली होला तर यस देऊडाले सबैलाई छुन्छ,” बमले बताए ।

पूरा गीत हेर्नका लागि

https://www.youtube.com/watch?v=fj9Tbfd2D80

प्रकाशित: २९ माघ २०७९, आईतवार १७:४७