१७ हजार मान्छे मार्न युद्ध सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन बिदा दिने सरकारी निर्णय विरुद्ध प्रदर्शन



काठमाडाैं। सशस्त्र युद्ध सुरु भएको दिनलाई जनयुद्ध दिवसका नाममा बिदा दिने सरकारको निर्णय विरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

द्वन्दपीडित समुदाय र नागरिक समाजले बिदा खारेजीको माग गर्दै प्रदर्शन गरेको हो। सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ। सोही अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। यसैको विरोध स्वरुप प्रदर्शन भएको हो।

प्रदर्शनकारीले सार्वजनिक बिदा खारेज गरी द्वन्दपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन्।

उनीहरूले आजको दिन नेपाल र नेपालीका लागि कालो दिन भएको जनाएका छन्।

जनयुद्धको नेतृत्व गरेको माओवादी नै सरकारमा रहँदा पहिलो पटक यस दिवसका अवसरमा बिदा दिने निर्णय गर्दा माओवादीबाहेकका विभिन्न राजनीतिक दलका नेताहरूले यसको विराेध गरिरहेका छन्।

प्रदर्शनपछि कोण सभामा बोल्नेहरूले १७ हजार सोझासाझा नेपालीलाई मार्न सुरु भएको दिनलाई दिवसको रुपमा मनाउने सरकारी निर्णय खारेज हुनु पर्ने माग गरे।                                  तस्विर : पत्रकार बिमल बिष्ट

 

Tags :

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार १२:२९