काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् । काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै सांसदहरूले गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।
संसारका कुनै देशमा देखिने दृष्य जस्तो गोंगबुमा देखियो,’ राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भने, ‘यो देशमा गृहमन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली रु प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए हरु मन्त्रालय किन बनाएको ?उनले गृहमन्त्री तत्काल नियुक्त गर्न समेत माग राखेका छन् ।’
नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार १२:४२