काठमाडौ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ।वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो।
केहि दिनमा भित्रै बस्ने स्थायी कमिटीको बैठकले सो निर्णय गर्ने माओवादीका एक शिर्ष नेताले बताउनुभउको छ ।उहाँले तरुण पत्रिकाकालाई भन्नु भो -फागुन १० भित्रै औपचारिक निर्णय आउला,। स्थायी कमिटीको बैठक अघि पदाधिकारीको बैठक बस्न जानकारी दिदै उहाँले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको पुष्टि गर्नुभयो ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार १९:४६