कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिण्डर विस्फोट



काठमाडौं। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको घरमा ग्यास सिलिण्डर विस्फोट भएको छ।

भण्डारीको काठमाडौं बुद्धनगरस्थित निवासमा हिजो बेलुकी ग्यास सिलिन्डर बिस्फोट भएको हो।

विस्फोटबाट सांसद् भण्डारी र उनकी आमा घाईते भएको उनको सचिवालयले जानकारी दिएको छ।

घाइते दुवैको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको बुझिएको छ। सचिवालयका अनुसार भण्डारीको शरीरको करिब २५% र उनकी आमाको ७०% हाराहारी भागमा असर परेको छ।

भण्डारी गुल्मी निर्वाचन क्षेत्र नं १ का संघीय सांसद हुन्।

Tags :

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार ०१:०२