काठमाडौं। प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. भन्द्र भण्डारी र आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
भण्डारीको सचिवालयका अनुसार अहिले आईसीयूमा राखेर उपचार भइरहेको हो।
गएराति घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका भण्डारी र आमाको स्वास्थ्यवस्थाबारे अस्पताल स्रोतबाट कुनै नयाँ अपडेट नआएको स्वकिय सचिव भुवन भुसालले जानकारी दिएका छन्।
‘अहिले माननीय डा. चन्द्र भण्डारी र माता हरिकला भण्डारीको आइसीयूमा चेकजाँच एवं उपचारको काम भैरहेको छ। अस्पताल श्रोतबाट थप नयाँ अपडेट केही आएको छैन,’ उनले भनेका छन्, ‘८ बजे पछाडि विज्ञ डाक्टरहरुको चेकजाँच र थप परामर्शमा अन्य कुरा थाहा हुनेछ।’
अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार ०८:५६