काठमाडौं। नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी भएको छ ।
कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेका नेता भण्डारीलाई थप उपचारको लागि दिल्ली लैजाने तयारी भएको हो । गएराती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन्।
आमाको अवस्था झन धेरै चिन्ताजनक रहेको डाक्टरले बताएका छन् । २५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ।
डाक्टर भण्डारीको फोक्सोमा धुवाँले धेरै नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार ०९:०३