काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ।
अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरु मोती विक, लोकेश निरौला, वाङ्छु योन्जनले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेको बताए ।
बडाल नेतृत्वको पूर्व कमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।
अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । जारी महाधिवेशनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।
मङ्गलवारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आइतबार सुरु भएको हो महाधिवेशन आजसम्म चल्नेछ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार ०९:२५