ओली-प्रचण्डले खिचे मुस्कुराउँदै फोटो, ओलीको बालुवाटार दौड होला की छोटो?



काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका छन् । गठबन्धनमा एमाले र माओवादीबीच दरार पैदा भएको हल्ला चलिरहेको बेला विहीबार प्रचण्ड र ओलीले मुस्कुराउँदै फोटो खिचाएर कुराकानीको थालनी गरेका छन् ।

राष्ट्रपति चुनावको लागि उम्मेदवार मनोनयनको दिन नजिकिँदै जाँदा दुई अध्यक्षको भेट बाक्लिएको छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा दर्जनौँ पटक भेट र छलफल हुँदा पनि सहमति जुटन सकेको छैन । अब भने दुई नेताहरुको छलफल निर्णायक अवस्थातर्फ गइरहेको स्रोतले बताएको छ ।

नेकपा माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ । एमालेले भने यसअघि माओवादीसँग भएको सहमति अनुसार आफ्नो पार्टीबाटै राष्ट्रपतिको उम्मेदवार बनाउने दाबी गर्दै आएको छ।

Tags :

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार ११:४८