सेवा अबधि बढाउने फाइल फिर्तासँगै प्रहरी महानिरीक्षक सिंह चैत ११ मा अवकास



काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो कार्यकाल लम्ब्याउने गरी नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने प्रयास गरेका थिए। तर उनको त्यो प्रयास सत्ता परिवर्तनसँगै असफल भएको छ। ३० वर्षे हटाउन अर्थ मन्त्रालयले सहमति दिइसकेको थियो। सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको भए पनि त्यहाँबाट कुनै कारबाही नगरी फाइल गृह मन्त्रालयमा नै फिर्ता पुगेको छ। यससँगै तत्कालका लागि ३० वर्षे हट्ने सम्भावना अन्त्य भएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल चैत ११ गतेदेखि सकिँदैछ।

अघिल्लो सरकारले ३० वर्षे हटाएर धिरजप्रताप सिंहलाई नै आईजीपीमा निरन्तरता दिन चाहेको थियो। ३० वर्षे हटाएर आईजीपीको कार्यकाल ३ वर्षे बनाउने प्रस्ताव गरिएको थियो। हाल आईजीपीको कार्यकाल ४ वर्ष रहने व्यवस्था छ। आईजीपीको उमेर हद ५८ वर्ष कायम रहने प्रस्ताव गरिएको थियो।

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार २०:१४