जनमोर्चाले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र



काठमाडौं। राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषय समेटेर ज्ञापन पत्र बुझाइएको महासचिव मनोज भट्टले जानकारी दिए। ज्ञापनपत्रमा उल्लेख गरिएका विस्तृत विषय केहीबेरमा मिडियामा सार्वजनिक गरिने उनले बताए।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

Tags :

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार ०९:१९