काठमाडौं। कुशल मल्ल र सन्दीप लामिछानेले समान दुई विकेट लिएपछि आइसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले १६ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ६४ रन बनाएर खेलिरहेको छ।
कुशलले ओपनर क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनलाई पवेलियन फर्काए।
क्रिस्टोफर २२ र रिची १९ रन बनाउँदा पवेलियन फर्के।
२५ बलको सामना गरेका रिचीले २ चाौका र १ छक्का हान्दै कुशल मल्लको बलमा आउट भए। क्रिस्टोफर २२ रनमा आउट भए। म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।
थोमस म्याकिन्टस १९ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे।
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार १०:४०