काठमाडौं। क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौं प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो।
काठमाडौं प्रहरीले ३ जनाशंकास्पदलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। यस्तै ब्युरोले पनि कीर्तिपुरस्थित खेल मैदान नजिकैबाट बेटिङ गरेको आरोपमा १ जनालाई पक्राउ गरेको प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ।
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार १२:३३