बालकोट- बालुवाटार दौड जारी, राष्ट्रपति पद हुँदैछ सत्ता गठबन्धनलाई भारी



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपतिका विषयमा सहमति जुटाउन बालकोट पुगेका छन्।
शुक्रबार विहानका लागि तय भएको बैठक प्रधानमन्त्री व्यस्त भएपछि दिउँसोका लागि सारिएको थियो।

एमाले अध्यक्ष ओलीले पुस १० को सहमति अनुसार आफ्नो पार्टीले उठाएकै व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने अडान लिइरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति जुटाएर साझा उम्मेदवार बनाउनुपर्ने तर्क गरिरहेको छ।

प्रधानमन्त्री र ओलीबीच यही विषयमा कुरा मिलिरहेको छैन। जसकारण दुबैबीच पटक पटक भेटवार्ता भइरहेको छ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच २ घण्टा बालुवाटारमा छलफल भएपनि आफ्ना अडान कायमै रहेपछि कुनै सहमति भएको छैन।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विहान राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको टोलीसँग राष्ट्रपतिको विषयमा अनावश्यक दबाब आइरहेको बताएका थिए।

Tags :

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार १६:४१