काठमाडौं। नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे पुष्पकमल दाहाल प्रचण्डलाई पूरै कार्यकालसम्म प्रधानमन्त्रीमा टिकाउन ग्यारेन्टी लिइने प्रवक्ता डा. प्रकाशशरण महतले दाबी गरेका छन्।
शुक्रबार प्रवक्ता महतले नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गरे पूरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेका हुन्।
प्रवक्ता महतले महतले संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा उसको सहयोग रहने अपेक्षा गरिएको बताए। राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम गर्ने हो भने कांग्रेसले अगाडि सारेको विकल्प फलदायी रहेको उनको दाबी छ।
एमाले राष्ट्रिय सहमतिका लागि बाधक भएकाले संविधानलाई बचाइराख्न पनि कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गर्नुपर्ने अडान पार्टीको रहेको उनको भनाइ छ।
प्रवक्ता महतले भने, ‘हामीले राष्ट्रपतिमा उठाएको उम्मेदवारलाई माओवादीले समर्थन गरे कांग्रेसले पनि प्रधानमन्त्रीमा प्रचण्डलार्ई पूर्णकालका लागि निरन्तरता दिन पहल गर्नेछ।’
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार १६:४८